झापामा काँग्रेसका महासमिति सदस्यसहित दुई जनालाई कारबाही


 


झापा, बैशाख ८
नेपाली कांग्रेस झापाको कमल गाउँ समितिले महासमिति सदस्यसहित दुई जनालाई कारबाहीको लागि सिफारिस गरेको छ । गाउँ समितिको शनिवार बसेको पूर्ण बैठकले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै महासमिति सदस्य टीकाराज सापकोटा र क्रियाशील सदस्य पृथ्वीध्वज डाँगीलाई कारबाहीको लागि सिफारिस गरेको हो ।

गाउँ समितिले सापकोटा र डाँगीले गत स्थानीय तहको चुनावमा पार्टीको आधिकारीक उम्मेद्वारविरुद्ध गतिविधि गरेको आरोप लगाएको छ । स्थानीय चुनावलगत्तै कारबाही गर्नुपर्ने भएपनि लगत्तै प्रतिनिधि र प्रदेश सभा चुनाव र पार्टीको विभिन्न कार्यक्रमले गर्दा अहिले कारबाहीका लागि सिफारिस गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि कमल ५ को वडा समितिले पनि चुनावमा असहयोगबारे सापकोटालाई स्पष्टकीकरण सोधेको थियो ।

सापकोटाको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाहीका लागि सिफारिस गर्नु परेको गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार बनेका हुकुमसिंह राईले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्