दुवै अध्यक्षबीच दुई घण्टा एक्लाएक्लै वार्ता


 


काठमाडौँ, वैशाख ८
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिवारपनि वार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गम्भीर छलफल भएको हो ।

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी एकताको विषय सकारात्मक रुपमा अगाडि बढेको छ ।

पार्टी एकीकरणका विषयलाई अन्तिम रुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लाग्नुभएको बताइएको छ । रासस

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्