स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ले भने चीन त्रिदेशी सम्बन्ध राख्न चाहन्छ


 


 

काठमाडौँ,बैशाख ८

आफ्नो पाच दिनको चीन भ्रमण सकेर सनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे ।

नेपालमा नया सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने मा भ्रमण केन्द्रीत भएको उनले बताए । भ्रमणका क्रममा आफुले केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए ।

उनले रसुवागढी– केरुङर तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको र स नाकाछिट्टै संञ्चालनमा आउनेमा आफुविश्वस्त भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवाली चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि बैशाख ३ गते  प्रस्थान गरेका थिय ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्