व्यापारको नाममा लागूऔषधको कारोबार ! चरेशसहित दुई जना पक्राउ


 


धनगढी, वैशाख ८
धनगढीमा लागूऔषध चरेशसहित आज विहानै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरमा पसल सञ्चालन गरी बस्ने बर्ष ३५ का प्रजापति पन्त र वडा नम्बर ४ का रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी हवल्दार कामदेव भण्डारी नेतृत्वमा खटिएको टोलीले पन्तको पसलबाट खरीदबिक्री भइरहेको अवस्थामा लागूऔषध चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पसलबाट तीन किलो चार सय ग्राम लागूऔषध चरेश बरामद गरिएको छ । पन्त र धामीलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्