कसले दियो नगरपालिकालाई यस्तो अधिकार ? सञ्चार माध्यमलाई ठाडो आदेश (पत्रसहित)


 


काठमाडौं, वैशाख ८
डोटीको दिपायल सिलगढी नगरपालिकाले सञ्चार माध्यमलाई निर्देशनको शैलीमा पत्र लेख्दै कुनै विषयका बारेमा बुझेर जानकारी दिन आदेश दिएको पाइएको छ ।

सञ्चारमाध्यमलाई पत्र लेख्दै नगरपालिकाले स्थानीय समता स्कुलको नामबाट बेबीलोन स्कुलले कक्षा १ देखि ४ सम्म भर्ना अभियान चलाइरहेको र बढी रकम अशुली रहेको भन्ने विषय अध्ययन गरि समाचार सूचनाका रुपमा प्रकाशन गरिदिन निर्देशन दिएको हाे । साथै सो विषयसंग सम्बन्धीत कुनै प्रमाण काजजात भए उपलब्ध गराइदिन आदेशानुसार अनुरोध छ भनिएको छ ।

नगपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माको नामबाट सञ्चारमाध्यमलाई पत्र काटिएको छ ।

 

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्