भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, जनकपुर पनि जाने


 


काठमाडौं, वैशाख ८
भारत र नेपालबीच द्विपक्षीय सम्बधलार्इ अझ बजबुद बनाउने उद्देश्यका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउने तयारी गरेका छन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएअनुसार मोदी मे ११ अर्थात वैशाख २८ मा नेपाल आउँदैछन् । नेपाल भ्रमणका क्रममा उनी जनकपुरधामसम्म पुग्ने जनाइएको छ ।

नेपाल सरकारले पनि मोदीको नेपाल भ्रमणसंगै मोदीको जनकपुर धामको यात्राका लागि पनि तयारी गरेको जनाएको छ । आफ्नो कार्यकालमा नेपालमा मोदीको तेस्रो भ्रमण हुनेछ ।

संविधान जारी भएपछि नेपाल-भारतबीच बिग्रिएको सम्बन्ध सुधार हुँदै गएपछि मोदीले नेपाल आउने तयारी गरेका हुन् ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्