बालिका बलात्कार गर्ने किशोर कारागार चलान


 


उदयपुर, वैशाख ८
बिराटनगरमा सुधारगृहमा रहेका एक किशोर बालिका बलात्कारको आरोपमा कारागार चलान भएका छन् ।

उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको हो ।

किशोरले गत भदौ १६ गते बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो ।

अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताए ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्