उत्तर कोरियाले अन्तरमहादेसीय ब्यालेष्टिक मिसाइल परीक्षण रोक्ने नेता किम जोङको भनाई


 


बैशाख ८,एजेन्सी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु कार्यक्रम रोक्ने उत्तर कोरिया को घोषणालाई अमेरिकाले र पुरै विश्वका देस हरु ले स्वागत गरेका बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयम उत्तर कोरिया र पुरै विश्वका लागि यो सुखद समाचार भएको बताए।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘यो ठूलो सफलता हो आगामी शिखर वार्ताका लागि हामी आशावादी छौँ।’ यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको बताएका थिए।

उत्तर कोरियाली सरकारी समाचार संस्थाका अनुसार सत्तारुढ दल वर्कर्स पार्टीको बैठकले मिसाइल परीक्षण नगर्ने निर्णय गरेको हो। दक्षिण कोरियाली समाचार संस्था का अनुसार आजदेखि उत्तर कोरियाले मिसाइल र अन्तरमहादेसीय ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने रोकेको छ।

अमेरिका र उत्तर कोरियाबीच युद्धको वातावरण बन्दै गएको थियो। तर पछिल्लो पटक दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्ध सुधार्दै लगेको उत्तर कोरियाको मिसाइल परीक्षण रोक्ने निर्णयले संवादको वातावरणलाई थप सहयोग पुराउने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्