फेन्सी पसलमा आगलागी, ५० लाखको क्षति


 


दैलेख, वैशाख ८
दैलेख सदरमुकाम नारायण नगरपालिकामा रहेको एक फेन्सी पलसमा आगलागी भएको छ ।

त्रिभुवन मावि नजिकै रहेको नरेन्द्रप्रसाद पोखरेलको पसलमा भएको आगलागीबाट झण्डै ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ९ बजेतिर पसलमा आगलागी भएपछि गस्तीमा गएको प्रहरीको टोली, सेना र स्थानीय र दमकलको सहयोगमाआगलागी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्