ओली र प्रचण्डबीच आज पनि गम्भिर छलफल हुँदै


 


काठमाडौं, बैशाख ८
पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार पनि गम्भीर छलफल हुने भएको छ ।

पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पुर्याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरुबीच पछिल्लो तीन दिनयता गम्भीर र सकारात्मकरुपमा छलफल जारी रहेकाले दुवै पार्टीका नेता र कार्यकर्ताको अपेक्षाबमोजिम चाँडै निकास आउने संकेत देखिएको बताउनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्