धारिलो हतियारले घाँटी रेटेर बालिकाको हत्या


 


मोरङ, बैशाख ८
मोरङको सुनवर्षी नगरपालिका – ७ मा धारिलो हतियारले घाँटी रेटेर एक बालिकको हत्या भएको छ । सुनवर्षी–७ मलदैया टोल बस्ने ताईफुर मियाँको ७ वर्षिया छोरी अफ्सना खातुनको शव घरदेखी अन्दाजी ५ सय मिटर उत्तरमा रहेको मकै बारीमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शुक्रवार राती फेला परेको हो ।

शुक्रबार दिउँसो घाँस काट्न हिडेकी बालिका साँझसम्म घर नफर्केपछि बालिकाको बाबुले खोजी गर्दै जाँदा छोरीको शव मकैबारीमा भेटेका थिए । घटनास्थलबाट एउटा हसिँया फेला परेको र हत्याको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्