एमाले–माओबादी एकताः ‘जनयुद्ध’ शब्द बाधक, विदेशीको पनि आपत्ति


 



काठमाडौं, वैशाख ८
एमाले–माओबादी एकताका लागि घनिभूत छलफल भइरहका भएपनि अहिलेसम्म सहमतिको बिन्दु भेटाउन सकिएको छ । केही शब्दावली तथा भागबण्डाकै कारण एकताले अन्तिम रुप लिन सकेको छैन ।

त्यसमध्ये एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने विषयले बोझिलो बन्दै गएको छ । ‘जनयुद्ध’ शब्द राख्ने माओवादीको दबाबलाई एमालेले ठाडै अस्वीकार गर्दा एकता प्रक्रिया अन्योल देखिएको छ । अन्नपूर्णमा खबर छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्न दबाब दिएका छन् । पार्टी संगठनमा ५०–५० को हिस्सेदारी र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने÷नराख्ने विषयमा एमाले(माओवादीबीच तीव्र विवाद छ ।

ओलीले निर्वाचनका बेला उम्मेदवारी दिँदा भएको ७०–३० को रेसियोमा पार्टी संगठनमा जिम्मेवारी बाँडफाँडमा जोड दिएका थिए । संगठन सहभागितामा केही लचिलो हुँदै ओलीले पूर्ववत् सहमतिमा एक÷दुई प्रतिशत तलमाथि गर्न सकिने बताएका थिए । तर माओबादी केन्द्रले ५०÷५० खोजिरहेको छ ।

माओवादी सचिवालय सदस्य मणि थापाले ‘जनयुद्ध’ शब्द विधानमै राखेर पार्टी एकता नगर्न शक्तिकेन्द्रबाट दबाब आएको हुन सक्ने बताए।
एमाले(माओवादीबीचको एकताको विरोधमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत् रहेको दाबी गर्दै थापाले नामै लिएर भने, ‘भारत दुई पार्टीको एकता चाहँदैन ।’

 

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्