विमान दुर्घटनाः पाइलटले यसरी टारे सम्भावित ठूलो घटना


 


काठमाडौं, वैशाख ८
त्रिभुनव विमाननस्थलमा विहीबार राति सामान्य दुर्घटनामा परेको मालिन्दा विमानलाई त्यसका पाइलटले ठूलो दुर्घटना हुनबाट बचाएका छन् । मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भएको थियो ।

विमानस्थलको दक्षिणतर्फको धावनमार्ग ०२ बाट टेकअफ (उडान) लिने समयमा पाइलटले जहाजलाई अकस्मात् रोक्न खोजे । ‘उड्ने अन्तिम तयारीका क्रममा धावनमार्गमा तीव्र गतिमा गुडिरहेको जहाजको ककपिटको डिस्प्लेमा पाइलटले समस्या देखे,’ दुर्घटनाको प्रारम्भिक कारणबारे विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘त्यसपछि उनले एबन्डन टेक अफ ‘जहाज नउडाउने निर्णय’ गर्दा जहाज धावनमार्ग छाडेर अगाडि गुड्यो र ४० मिटर पर पुगेर रोकियो ।’ नयाँ पत्रिकामा खबर छ ।

जहाजमा चालक दलका सदस्यसहित एक सय ३९ यात्रु सवार थिए । दुर्घटनामा सबै यात्रु सकुसल रहे । जहाजको अगाडिको एउटा पांग्रामा समस्या आउनुबाहेक बाहिरी स्वरूपमा कुनै समस्या नदेखिएको क्षेत्रीले बताए । शुक्रबार नै नेपाल आएका मालिन्दो एयरका प्राविधिकले जहाजको प्राविधिक अध्ययन थालेका छन् ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्