२५ जना एसएसपीहरु डिआईजीको लागि तथा २३ जना एसपी एसएसपीमा बढुवा हुँदै


 


बैशाख ,७ काठमाडौं ।यतिबेला नेपाल प्रहरीको सांगठनिक ढाँचा तल भन्दा माथि ठूलो हुँदै जाने अवस्थामा नेपाल प्रहरीमा १८ डिआईजीको पदरिक्त छ । २६ डिआईजी हुनुपर्ने जसका लागि २५ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

निर्वतमान प्रहरी प्रमुख प्रकाशअर्यालसँगै १५ जना एआईजी, ९ जनाडिआईजी र १ जना एसएसपीले पनि ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएका थिए ।२०७१ माघ २ गते बढुवा भएका एसएसपीहरुमा दिनेश अमात्य, दिपक थापा, केदार रिजाल, नारायण खड्का, कमल जिटी, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, रामप्रसाद श्रेष्ठ, महेन्द्र पोखरेल, सुरज केसी डिआईजीका दाबेदार हुन् ।

निर्वतमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँगै सेवा प्रवेश गरेकाहरु ३० वर्षे पदावधिका कारण धेरैले २६अधिकृतले अवकाश पाए।हालकै अवस्थालाई हेर्ने हो भने यतिबेला धेरै नै एसएसपी पद खाली छ ।

जबकी हाल सिनियर एसपीहरु जो बढुवाका लागि पहिलो सूचीमा छन्, उनीहरु २०७१ फागुन ११ गते मात्रै एसपी पदमा बढुवा भएका हुन् । प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार प्रहरी निरीक्षकभन्दा माथि एसएसपीसम्मको बढुवाका हकमा बढुवा भएको चार वर्ष अनिवार्य रुपमा पुग्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

एसपीबाट एसएसपीमा बढुवा हुनेहरु २३ जना रहेका छन् । जसमा दिलिप ब .वस्नेत,विभुति राज पाण्डे,राजेन्द्र ढकाल,प्रकाश अधिकारी,पुजा सिह ,सहकुल थापा,नर बहादुर खत्री,शेखर कोईराला,शुसिल कुमार यादब लगायत अरु १४ सबैजना प्रहरी नियमावली अनुसार सबैजना एसएसपीमा बढुवा हुने निश्चित छ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्