व्यवसायीलाई वार्तामा आउन आह्वान, अब घुँडा टेक्छ त सरकार ?


 


काठमाडौ, वैशाख ७
सरकारले यातायात व्यवसायीहरुको सिन्डिकेट खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई सरकारले वार्तामा आउन आग्ह गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरे ।

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि समिति बनाउन सकिने प्रस्ताव अघि सारिएको जनाइएको छ ।  यातायात व्यवसायलाई व्यवस्थित बनाउन सरकारले यसलाई कम्पनी ऐन अन्तरगत संचालन गर्ने निर्णय लिएको छ ।

मंगलबार सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डीकेट अन्त्य गर्दै सबै यातायाता संघ, संस्थाको दर्ता र नविकरण कम्पनी ऐन अनुसार गर्ने निर्णय गरेपछि त्यसप्रति आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।

सचिव अधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउने गरी सरकारले लिएको निर्णयबाट नआत्तिन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्