किन अाउँदैछन् इसाईका शीर्ष धर्मगुरु नेपाल ?


 


काठमाडौं भदाै २३ dharmaguru

नयाँ संविधानमा धर्म निरपेक्षताको बारेमा नेपालमा बहस तीव्र भैरहेको समयमा क्याथोलिक इशाइहरु एक शीर्ष धर्मगरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधिको अनुगमन गर्दै आएका धर्मगुरु कार्निडल फर्नान्डो फिलोनी भदौको अन्त्यतिर नेपाल आउन लागेका हुन्।

भदौ २९ गते कोलकोता हुँदै नेपाल आउन लागेको फिलोनी ५ दिनेपछि असोज २ गते इटलीको रोमतर्फ लाग्ने छन्। फिलोनी १२ दिने दक्षिण एशियाली देशको भ्रमणको क्रममा नेपाल आउन लागेका हुन् ।

नेपाल आउनुअघि उनले कोलकोतामा २ र बंगलादेशमा ५ दिने विताउने छन् । क्याथोलिक चर्चका फादर सिलास बोगटीले बैशाख १२ को भूकम्पपछि नेपालमा क्रिश्चियन संस्थाहरुले गर्दै आएको काम र भूकम्प पीडितहरुसँग एक्येबद्धता जनाउनका लागि नेपाल आउन लागेको बताए।  स्रोत नागरिक दैनिक

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्