ट्विटरबाट प्रचण्डले भने ‘छलफललाई भोलि पनि निरन्तरता दिइने छ।’


 


  बैशाख,  ७

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार पनि दुई घण्टाबढी गोप्य वार्ता भएको छ।एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र प्रचण्डको वार्तामा पार्टी एकता र कार्यदलले बुझाएका प्रतिवेदनमाथि गम्भीर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। बिहीबारको बैठकलाई पूर्ण गोप्य राखेको भए पनि शुक्रबारको बैठकबारे भने प्रचण्डको ट्विटरबाट जानकारी गराइएको छ।

दुई अध्यक्षको बैठक पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि सौहार्दपूर्ण छलफल भएको प्रचण्डले बताएका छन् । ‘दुवै अध्यक्षबीच सोहार्दपूर्ण छलफल भयो’, प्रचण्डले ट्विटरमा भनेका छन्, ‘छलफललाई भोलि पनि निरन्तरता दिइने छ।’

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्