चितवनमा एक बयस्क भाले बाघ मृत अवस्थामा


 


७ वैशाख,पूर्वी चितवनको वरण्डाभार क्षेत्रमा फेरीपनि एक बयस्क भाले  बाघ मृत आबस्था मा फेला परेको छ ।

रत्ननगर नगरपालिक ११ मंगलपुर  जंगलको नजिकै भाले बाघ मृत फेला परेको जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए ।अन्य जनावरसँगजुधेर बाघको मुत्यु भएको अनुमान गरिएको छ ।

बाघको मुचुल्का उठाएर पोष्टमार्टमका लागि निकुञ्जको मुख्य कार्यालय  लगिएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० वटा बाघ रहेको अनुमान छ।

एक साता अघि पनि एक बयस्क बाघको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्