राजपाःफुट्यो उपाध्यक्ष सहित ३३ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग


 


काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) फुटेको छ ।राजपा नेपालका उपाध्यक्ष सहितका ३३ जना केन्द्रीय सदस्यहरुले आज नयाँ पार्टी खोल्ने निर्णय सँगै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

अशोक कुमार यादवको नेतृत्वमा नयाँ पार्टी खोलेको र पार्टीको नाम राजपा लोकतान्त्रिक राख्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।

उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् ।

तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

उनीहरुले पार्टी सहि ढंगले चल्न नसकेको र तराइका जनताको समस्या यो पार्टीमा रहेर पूरा गर्न नसकिने आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्