नेपाल पत्रकार महासंघ ७ नम्बर प्रदेशको निर्वाचन कार्यालयमा तालाबन्दी


 


धनगढी, वैशाख ७
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७ को निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ ।

महासंघको आसन्न प्रदेश अधिवेशनका लागि तीन ठूला पत्रकार संगठनले भागवण्डा गरेको भन्दै असन्तुष्ट बनेका साना दलनिकट पत्रकार संघ–संगठनहरुले तालाबन्दी गरेका हुन् ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा सेति महाकाली ब्यूरो इन्चार्ज उन्नती चौधरी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तथा प्रदेश इन्र्चाज सुशिल ढुंगाना र संघिय प्रेस फोरमका केन्दीय उपाध्यक्ष हिमेश विकको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

तीन संगठनले निर्वाचनको वैधतामा समेत प्रश्न उठाउँदै तत्काल सबैसँग छलफल गरी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

उनीहरुले भागवण्डाका नाममा तीन ठूला संगठनको सिण्डिकेट खारेज हुनुपर्ने, महासंघलाई व्यवहारमै सबै पत्रकार आवद्ध संघसंगठनको साझा र समावेशी संस्था बनाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्