१५ वर्ष अघिको मुद्दामा मनाङे जेल चलान


 


काठमाडौं, वैशाख ७
झण्डै १५ वर्ष अघिको मुद्दामा दोषी ठहर भई फरार रहेका दिपक मनाङेलाई हिजो साँझ पक्राउ गरि कारागार चलान गरिएको छ ।

महानगरीय प्रहरी परिसरले अदालतको आदेशमा जिल्ला काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि उनी फरार रहेका थिए ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए ।

 

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्