दुर्घटनास्थलबाट १२ घण्टापछि हटाइयो विमान, उडान अवतरण सुरू


 


काठमाडौं, वैशाख ७
त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा परेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि हटाइएको छ ।

रेनवे बाहिर घाँसे मैदानमा फसेको विमानलाई लामो प्रयासपछि तानेर हटाइएको हो । विमान हटाइएपछि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण सुरु भएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए ।

विमान विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेका बेला रनवेबाट चिप्लिएको थियो । जसले गर्दा रातिबाट नै उडान अवतरण ठप्प भएको थियो । विमानमा रहेका यात्रु भने सकुशल रहेका थिए ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्