त्रिभुवन विमानस्थलमा फेरि विमान दुर्घटना, उडान अवरुद्ध


 


काठमाडौं, वैशाख ७
विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो ।

जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

विदेशबाट यात्री लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् । तर, विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ हुने जनाइएको छ ।

यसलाई हटाउन अझै केही घण्टा लाग्ने देखिएको छ । विमान राति पौने १० बजे दुर्घटनामा परेको थियो । जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्