दमकमा घरको छतबाट खसेर महिलाको मृत्यु


 


झापा, ७ बैशाख । झापाको दमकमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । फिदिम नगरपालिका – २ गोलाटार घर भई झापा दमक नगरपालिका –७ मा डेरा गरी बस्ने २७ वर्षीया माला गुरुङको घरको छतबाट खसेर मृत्यु भएको हो ।

श्रीमान कुमार गुरुङसंगै दुई तले छतमाथी सुतेकी कमला राती उठेर तल झर्न खोज्दा माथीबाट खसेकी थिईन् । कमालालाई उपचारका लागि दमकस्थित लाईफ लाईन अस्पताल लगिएकोमा उहाँको सोही अस्पतालमा उपचरका क्रममा शुक्रवार बिहान २ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्