जनप्रतिनिधिले गरे आगलागी पीडितको बिहे


 


बारा, वैशाख ६
महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आफ्नै खर्चबाट आगलागी पीडित एक जोडीको बिहे गरिदिएका छन् ।

जनप्रतिनिधिहरुले स्थानीयवासी रामविश्वास रामकी १९ वर्षीया छोरी रेखाकुमारीको विवाह कलैया उपमहानगरपालिका–१६ का २१ वर्षीय शिवपूजन रामसँग धार्मिक परम्परानुसार विवाह भएको हो ।

वैशाख १ गते भएको आगलागीमा विवाह तयारीका लागि राखिएका लत्ताकपडा, नगद र खाद्यान्न सामग्री जलेर नष्ट भएपछि महागढीमाई–५ स्थित कवहीजब्दीमा दुलहीको परिवार बिचल्लीमा परेको थियो ।

नयाँ वर्षको दिन अपराह्न भएको आगलागीबाट स्थानीय २८ जनाको घरमा भएको अन्नपात, लत्ताकपडा र नगद जलेर नष्ट भएको थियो ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवले कार्यपालिका सदस्यको बैठक बोलाई करीब रु पाँच लाखमा विवाहको चाँजोपाँजो मिलाइदिएका थिए । आगलागी पीडितको विवाह गर्न पाउँदा आफ्नै छोरीकै विवाह गर्न लागेको जस्तो महसुस भएको नगर प्रमुख यादवले बताए ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्