दीपक मनाङ्गे स्वयंम्भूबाट पक्राउ


 


 

६ वैशाख, काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा  तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका सर्वोच्चको  उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो  सातादेखि भने उनी काठमाडौं आसपासमै थिए उनको लोकेसन नुवाकोट ट्राक भएपछि प्रहरी टोली त्यहाँ पनि पुगेको थियो । ठाउँ फेर्दै बस्दै  हिँडेका उनी बिहीबार स्वयंम्भूबाट पक्राउ परे ।

दीपक मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका डीएसपी मोहन थापाले बताए।

 

प्रहरीले मनाङ्गे समूह विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍रेको थियो मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको अभियोगमा सरकारी वकिलको कार्यालयले  मनाङ्गे लाई  सजाय माग गर्दै सर्वोच्च गएको थियो अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै  ५ वर्ष जेल सजाय सुनाउदै  इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।

प्रदेश नम्बर  ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्