प्रदेश ५ ले सिफारिस गर्यो जनप्रतिनिधिको पारिश्रमिक, कसको कति तोकियो ?


 


रुपन्देही, वैशाख ६
पाँच नम्बर प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न तीनवटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ।

बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक निर्धारण, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूको पारिश्रमिक निर्धारण सम्बन्धी विधेयक दर्ताका लागि अनुमोदन गरेको हो।

जसअन्तर्गत मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको ६० हजार ९०, मन्त्रीहरूको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिक सिफारिस गरेको छ।

त्यस्तै प्रदेशसभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिस गरेको हो।

सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार सेवा सुविधा सिफारिस गरिएको छ। त्यस्तै सचेतकका लागि ४८ हजार र सभासदहरुको ४५ हजार पारिश्रमिक सिफारिस गरिएको छ ।

यस्तै, प्रदेशसभा सचिवालय गठन गर्ने ३ वटा विधेयक पनि दर्ताका लागि अनुमोदन गरेको छ । सो विधेयक अब वैशाख १२ गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिने तयारी गरिएको छ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्