युवा संघको अध्यक्षमा पौडेल चयन, पदाधिकारी र सदस्यमा को-को परे ?
काठमाडौं, वैशाख ६
एमाले सम्वद्ध युवा संघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । आज विहान सम्पन्न संघको बैठकले यसअघि उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि संघको नयाँ नेतृत्व चयन गर्नुपरेको हो । नेतृत्वका लागि दिलु पन्तले दाबी गर्दै आएकी भएपनि उनी विदा भएकी छन् ।
त्यस्तै, ७ जना उपाध्यक्षमा किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा बनेका छन् । यसमध्ये गोविन्द थापा र चन्द्र लामा पहिले पनि उपाध्यक्ष नै थिए भने किरण पौडेल यसअघि महासचिव थिए । अहिले संघको महासचिवमा नरेश शाहीलाई ल्याइएको छ । उनी यसअघि सचिवको जिम्मेवारीमा थिए ।
बैठकले १४ जना सचिव पदमा १३ जनालाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ ।
सचिवहरुमा राजु कार्की, क्षितिज थेवे, अन्जना अधिकारी, उर्मिला सुनुवार, पुर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुव यादव र माधव बास्तोला छन् । यसैगरी बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, हिमाल लिम्बु र दिपक जिएम पनि सचिव बनेका छन् ।
कोषाध्यक्षमा अमित लामा चुनिएका छन् । अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् । अनुशासन आयोग, लेखा आयोग र कार्यालय विभाग प्रमुखहरु स्थायी कमिटीसरह रहन्छन् ।
प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार