प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास


 



लिविया, वैशाख ६
लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ ।

बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उहाँमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आक्रमणबाट उहाँको सुरक्षार्थ खटिएका केही सैनिक सामान्य घाइते भएको बताइएको छ । उहाँमाथि गरिएको उक्त आक्रमण प्रयास भने विफल भएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्