सिंहदरबारभित्रै टेलिफोन लाइन काटियो, सभामुख र अध्यक्षको कार्यालय पनि छोडिएन


 


काठमाडौँ, बैशाख ६
टेलिफोन शुल्क बेलैमा नतिरेपछि सिंहदरबार भित्रका कार्यालयहरुको टेलिफोन लाइन काटिएको छ ।  सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षको लाइन पनि काटिएको छ ।

त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयको टेलिफोन पनि बन्द गरिएको छ । संसद् सचिवालयको मात्र होइन, विभिन्न मन्त्रालय र संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयहरूको पनि लाइन काटिएको छ ।कान्तिपुरमा खबर छ ।

केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारी कार्यालयमा अघिल्लो महिनाको शुल्क तिरिएको छैन । अब टेलिफोनको अघिल्लो महिनाको बिल भुक्तानी गरेर क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नुपर्ने हुन्छ ।

टेलिकमले सरकारी कार्यालयको टेलिफोन लाइन काट्नुअघि एसएमएस गरी बिल तिर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्