पार्टी भित्र यसरी कमजोर बन्दैछन् देउवा, बलियो बन्ने बाटो खोज्दै


 


काठमाडौं, वैशाख ६
बहुमतका साथ नेपाली कांग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवा पछिल्लो समय कमजोर बन्दै गएका छन् विशेषगरि तीनवटै निर्वाचनपछि देउवा कमजोर बन्दै गएका हुन् ।

१३ अाै महाधिवेशनमा उनकै खेमामा रहेका नेताहरु पनि उनी विरुद्ध उत्रिन थालेका छन् । आफू कमजोर भएको महसुश भएपछि अहिले देउवाले पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । अन्नपूणमा खबर छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ, तर उनले महाधिवेशन सकिएको दुई वर्षसम्म पनि मनोनयन गरेका छैनन् ।

मनोनयनलाई लिएर महाधिवेशनताका उनकै गुटमा रहेका नेतासमेत उनीविरुद्ध लागेपछि देउवाले पदाधिकारी मनोनयन गरी पार्टीभित्र आफ्नो पक्कड कायम राख्न खोजेको देखिएको छ । मनोनीतमा पर्न देउवा खेमा बाहिरका नेताहरूको समेत दौडधुप बाक्लिएको छ ।

यद्यपि, देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत वा मानबहादुर विश्वकर्मालाई मनोनीत गर्ने सम्भावना रहेको निकटस्त स्रोत बताउँछ ।

निर्वाचनपश्चात् सभापति देउवाविरुद्ध कांग्रेसका अन्य सबै गुट उत्रिएपछि उनी कमजोर देखिन थालेका हुन् । केही महिनायता भइरहेका भ्रातृ संगठनका प्रतिस्पर्धामा देउवा खेमाका उम्मेदवार पराजित गर्दै पौडेल र सिटौला समूहका नेताले बाजी मार्नुले त्यही संकेत गर्छ ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्