सिन्डिकेट हटाएपछि बैंकबाट पैसा निकाल्दै यातायात समिति, सिडियोले रोक्न सक्छन्


 


काठमाडौं, वैशाख ६
सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै यातायात समितिहरू धमाधम बैंकबाट पैसा निकाल्न थालेका छन् ।

समितिहरुले बैंकमा जम्मा भएको ठूलो रकम एकै पटक निकाल्न थालेको गृहमन्त्रालयल जनाएको छ । नागरिकमा खबर छ ।

समितिहरुले एकै दिन करोडौं रुपैयाँ निकाल्न थालेका हुन् । बुधबारसम्म कास्कीबाट मात्र तीनवटा बैंकबाट जम्मा ३ करोड रुपैयाँ निकालिसकिएको छ ।

सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था–समितिले विनाकारण एकैपटक त्यति ठूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन् । तर, यातायात व्यवसायी समितिले मुद्दती खाताबाट करोडौँ पैसा निकाल्न थालेका हुन् ।

अब यसबारे पनि गृहमन्त्रालयले के गर्ने भनेर छलफल गर्दैछ । अब सिडिओले पनि खाता रोक्का गर्न सक्नेछन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सिडिओले नै यातायात व्यवसायी समितिलाई नियमन गर्ने व्यवस्था भएकाले उनीहरूको खाता रोक्का गर्न मन्त्रालयबाट कुनै निर्णय गर्नुपर्ने स्थिति नरहेको बताए ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्