कर्तव्य ज्यान मुद्दामा यादव करागार चलान


 


राजविराज, वैशाख ५
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ का ६० वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरी आज करागार चलान गरेएको छ ।

कैद भुक्तानका लागि राजविराजस्थित कारागार पठाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

२०६७ माघ १९ गते स्थानीय शुभलाल यादवको हत्या गरेको अभियोगमा पुनरावेदन अदालत राजविराजले यादवलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो ।

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्