रमेश पौडेल युवा संघको अध्यक्ष बन्दै


 


काठमाडौं, वैशाख ५
नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको अध्यक्षमा रमेश पौडेल बन्ने भएका छन् । दुई दिनदेखि जारी युवा संघको केन्द्रिय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

यसका लागि निर्वाचन मण्डल गठन भइसकेको छ भने अपरान्ह केन्द्रिय कमिटी बैठक समेत बस्दैछ । युवा संघमा पौडेल उपाध्यक्ष छन् भने उनी एमाले संस्थापन पक्षका हुन् ।

मंगलबार अध्यक्ष राजिव पहारीले पदबाट राजिनामा दिएसँगै नयाँ नेतृत्व चयनका लागि बाटो खुलेको हो । पहारीले युवा संघलाई कमजोर बनाएको भन्दै चर्काे आलोचना हुँदै आएको छ ।

पौडेललाई सर्वसम्मत अध्यक्ष बनाउन युवा संघका नेताहरु लागेका छन् । १७७ सदस्यिय केन्द्रिय कमिटीमा पौडेललको पक्षमा १३३ जना रहेको बताइएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्