प्रधानाध्यापकले नै चोरे प्रहरीको पैसा !


 


उदयपुर, वैशाख ५
उदयपुरमा प्रहरीको पैसा चोरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

सोमबार राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी गरेको आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरी पक्राउ परेका हुन् ।

प्रधानाध्यापकमाथि जिल्ला प्रहरी कार्यालय उदयपुरका हवल्दार सुरेन्द्रप्रसाद लम्सालले जम्मा गर्न ल्याएको ७० हजार रुपैंया भौचर भर्ने क्रममा चोरेको आरोप छ । रकम जम्मा गर्न भौचर भर्दाभर्दै नजिकै राखेको पर्स लिएर हिडेको सिसी क्यामेराको फुटेजको आधारमा मंगलबार चौधरीलाई पक्राउ गरिएको हो।

फुटेजको आधारमा हुलिया देखाउँदै खोजी गर्ने क्रममा बजारमै भेटिएका चौधरीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान थालिएको एसपी नवराज भट्टले बताए। उनीमाथि चोरी आरोपमा कारबाही हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्