संसदमा उपस्थित हुनेबारे अब प्रधानमन्त्रीलार्इ पनि छुट्टै नियम


 


काठमाडौं, वैशाख ४
अबदेखि संसदमा उपस्थित हुने विषयमा प्रधानमन्त्रीका लागि पनि छुट्टै व्यवस्था गरिन लागिएको छ । अबदेखि प्रधानमन्त्री र सांसदको सवालजवाफ महिनाको दुईपटक हुनुपर्ने व्यवस्था गरिन लागिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलले बताए ।

काठमाडौंमा मंगलबार आयोजित एक साक्षात्कारमा बोल्दै संयोजक पोखरेलले महिनाको दुईपटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको बताए । ‘महिनाको दुईपटक सीधा प्रश्न प्रधानमन्त्रीसँग गर्ने व्यवस्था गर्न लागिएको छ । जवाफदेहिता बढाउनका लागि प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिनुपर्छ, ।’

विगतमा सांसदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने परिपाटी थियो । संयोजक पोखे्रलले प्रधानमन्त्रीले मात्र नभै सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको छ ।

 

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्