पार्टी एकता संयोजन समितिको बैठक जारी, होला त सहमति ?


 


काठमाडौँ, वैशाख ४
एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाल) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्