महानगरीय अपराध महाशाखाको प्रमुखमा सिंह, जो काविल अफिसरको दर्जामा पर्छन्


 


काठमाडौं, वैशाख ४
नेपाल प्रहरीको नेतृत्व फेरिएसंगै महानगरीय अपराध महाशाखाको प्रमुख पनि फेरिएको छ । भर्खरै नेपाल प्रहरीकाे नेतृत्व सम्हाल्नुभएका  अाइजीपी सर्बेन्द्र खनालले अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंहलाई पठाउनुभएको छ ।

गृह मन्त्रालयले यसअघि गरेको निर्णयअनुसार सिंहलाई अपराध महाशाखा हेर्ने जिम्मेवारी दिएको हो । अपराध महाशाखामा उपत्यकाको अपराध अनुसन्धानको महत्वपूर्ण ईकाइ मानिन्छ । सिंह यसअघि सघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत थिए ।

उनी नेपाल प्रहरीमा काविल अफिसर मानिन्छन्। जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख हुँदा राम्रो काम गरेर उनले चर्चा कमाएका थिए । संगठित अपराधमा विशेष दख्खल राख्ने सिंहले पर्साको प्रहरी प्रमुख हुँदा तस्करी नियन्त्रणमा विशेष भूमिका खेलेका थिए ।

३३ किलो सुन प्रकरण र पुर्वमा सनम शाक्यको हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएपछि चैत २३ गते महाशाखाका तत्कालिन एसएसपी विदेश लोहनीलाई गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्