नेतृत्वविहीन सात नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल, अाकांक्षी धेरै


 


अंकुश कुँवर/धनगढी, वैशाख ४

प्रदेश नम्बर ७ मा सरकार गठन भएको दुई महिना भइसक्दा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अझैसम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन ।

संसदीय दलको नेताका लागि आकांक्षी धेरै भएपछि कांग्रेसले नेता छान्न नसकेको बुझिएको छ । जसले गर्दा प्रमुख प्रतिपक्ष दल नै नेतृत्वविहीन बनेको छ ।

सरकारको सही काममा सहयोग र गलत काममा खबरदारी गने भूमिकामा प्रतिपक्षी दल रहने भएपनि संसदीयको नेता छान्न नसक्दा कांग्रेस आफै अन्योलमा परेको छ । १२ जना मात्रै सदस्य रहेको नेपाली कांगे्रसमा दलको नेताका लागि भरत खड्का, कर्ण मल्ल, डा. रणबहादु्र रावल, डिल्लीराज पन्त आकांक्षी देखिएका छन् ।

आपसी सहमतीमा नेता चुन्न नसकिएपछि पार्टी नेतृत्वलाई अनुरोध गरिएको छ । तर, पार्टी नेतृत्वले पनि अझैसम्म नेता छान्न सकेको छैन । संसदीय दलका नेताका आकांक्षी सांसद भरत खड्काले नेता छनोटका लागि पार्टी नेतृत्वलाई आग्रह गरिएको बताए ।

पार्टीमा १२ जना सदस्यहरु मध्ये डोटीबाट निर्वाचित सांसद खड्का पार्टीमा बरिष्ठ मानिन्छन् । यस कारण पनि उनले आफू अनुभवी भएकाले आफूलाई संसदीय दलको नेतामा बनाउनुपर्ने दाबी गर्दै आएका छन् । प्रतिपक्षी दलको नेताले ५९ हजार मासिक तलव, आवास र गाडीको सुविधा छ ।

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्