एमाले प्रदेश सांसद तामाङको ग्राण्डीमा उपचार हुँदै, कस्तो छ अवस्था ?


 


धनगढी, वैशाख ४
सोमबार बेलुका मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य तारा लामा तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भएरहेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका तामाङको चोट लागेको बाँया खुट्टाको आज अपरेशन हुने अस्पतालले जनाएको छ । अन्य ठाउँमा भने सामान्य चोट पटक लागेको छ ।

सांसद तामाङलाई हिजो बेलुका धनगढीमा रहेको सिचाई कार्यालय अगाडि मोटरसाईकलले ठक्कर दिएको थियो । पैदल यात्री तामाङलाई से ५ प ५०९१ नम्वरको मोटरसाईकलले ठक्कर दिएको हो ।

मोटरसाईकलको ठक्करबाट तामाङको खुट्टामा गम्भीर चोट लागेकापछि सेती अञ्चल अस्पतालले काठमाडौं रिफर गरेको थियो ।

उनलाई बुद्ध एयरबाट साँझ नै काठमाडौ लगिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक अछामको साँफेबगर नगरपालिकाका २५ बर्षीय शैलेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्