संयोजक ठाकुरको स्वास्थ्यमा सुधार


 


काठमाडौँ, ३ वैशाख : भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको उहाँका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र भोलिसम्ममा सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिने स्वकीय सचिव मिश्रले बताउनुभयो । संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत जानुभएको हो । रासस

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्