फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्यसूची


 


काठमाडौँ, ३ वैशाख
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई मूल्य वृद्धि गरेको जनाएको छ ।

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर ८७ कायम भएको छ ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव २१ करोड हुने देखिएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्