एमालेले बोलायो स्थायी कमिटी बैठक


 


काठमाडौं, वैशाख ३
पार्टी एकता प्रक्रियामा पछिल्लो समय विवाद देखिएपछि नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाएको हो ।

बैठकमा एमाले माओवादीबीच हुने भनिएको पार्टी एकता प्रक्रियाका क्रममा देखिएको विवादका बारेमा छलफल हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, पार्टी एकतापछि हुने चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख गर्ने नगर्ने विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

 

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्