नगरप्रमुखविरुद्ध महिलाहरु अनशनमा


 


सर्लाही, वैशाख ३
बलरा नगरपालिकाका मेयरविरुद्ध महिलाहरु विरोधमा उत्रेका छन् । मनोमानी रुपमा काम गरेको भन्दै त्यसको विरोधमा नगर सुरु गरिएको अनशनमा महिलाहरु पनि सहभागि भएका हुन् ।

मेयर अभय सिंहले आफ्नै भाइको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारबाहीमा आफूहरुसँग कुनै सल्लाह नै नगरी मनोमानी ढंगले अगाडि बढेको भन्दै गत चैत १९ गतेबाट ५ जना वडा अध्यक्ष सहित स्थानीयले विरोध स्वरुप कार्यालयमा तालाबन्दी तथा रिले अनशन सुरु गरेका थिए। नागरिकमा खबर छ ।

रिले अनशनको १४ औं दिन आईतबार स्थानीय १० जना महिला अनशनमा सहभागि भएका हुन्। बलरा नगरपालिका–१ निवासी सिर्जादेवी मण्डल, राधिकादेवी पासवान, शान्तिदेवी पासवान, रामकुमारी साहकानू, लक्ष्मीदेवी मण्डल, सुन्दरीदेवी मण्डल, गिर्सी देवी साहकानू, रामवतीदेवी मण्डल, अकली देवीपासवान, उक्क्षीदेवी मण्डल लगायत असनमा सहभागि भएको स्थानीय सामाजिक व्यक्तित्व कौशल किशोर सिंहले जानकारी दिए।

मेयर सिंहले नगरबासीको हकहित भन्दा पनि आफ्नो व्यक्तिगत एवं परिवार तथा नातावादमा बढी जोड दिएकाले आफूहरु अनसनमा सहभागि भएको राधिकादेवी पासवानले बताईन्।

वडा नं। १ अन्तर्गत भारतीय सीमा स्थित छन्की टोलादेखि उत्तर छतौनाको हुलाकी राजमार्गसम्म जोडिने सडकमा माटो भर्ने योजना सम्पन्न गर्नका लागि मेयर सिंहका कान्छा भाइ पंकजकुमार सिंहको अध्यक्षतामा रातारात उपभोक्ता समिति गठन गरी नगरपालिकाले सम्झौता गरेको सोही वडाका वडा अध्यक्ष सन्तोषकुमार सिंहले बताए।

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्