काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस


 


काठमाडौं, वैशाख २

काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्रमा पनि महसुस गरिएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्