खाल्डोमा डुबेर एक बालकको मृत्यु


 


मोरङ, २ बैशाख ।  मोरङको रतुवामाई नगरपालिका – २ मा आईतबार दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय अदुवासिंह गनगाईको ६ वर्षका छोरा आवेदसिंह गनगाईको घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । दिउँसो करिब २ बजेतिर घरबाट खेल्न निस्केका बालकलाई स्थानीयबासीले खाल्डोमा डुबेको देखेपछि बाहिर निकालेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र झुर्किया पुर्याएका थिए । बालकलाई स्वास्थ्य केन्द्र पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक रामकाजी कटुवालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्