सुनचाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो ?


 


काठमाडौं, वैशाख २
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ५० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्