स्वैच्छिक अवकास रोकेपछि कर्मचारीले दिए यस्तो धम्की, के गर्छ अब सरकार ?


 


काठमाडौं, वैशाख २
सरकारले स्वैच्छिक अवकाश रोकेपछि निजामती कर्मचारीहरूहरुले सर्वोच्च अदालत जाने सरकारलाई धम्की दिएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अगाडि बढाएको स्वैच्छिक अवकास अहिले प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले रोकेपछि कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

संसद्मा कर्मचारी समायोजन विधेयक पास भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था गरिएको छ।

अवकासका लागि फाराम भरिसकेका कर्मचारीलाई फेरि काममा फर्काउन नमिल्ने नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपमहासचिव दुर्गाप्रसाद फुयालको भनाई छ ।

प्रतिपक्षमा छँदा एमालेले संसद्बाट विधेयक पास गर्न समर्थन गरेको बताउँदै उहाँले उनले गलत निर्णयविरुद्ध अदालत जाने चेतावनी दिए । सरकारले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरी अवकाशमा जाने कर्मचारीलाई ४५ दिनभित्र निवेदन पेस गर्न भनेको थियो।

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्