पोखरीमा डुबेर मृत्यु


 


मोरङ, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिवार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनबर्षी नगरपालिका–२ बस्ने ५५ बर्षिय मग्ना मिँया रहेका छन् । उनलाई उक्त पोखरीमा डुबेर मृत अवस्थामा भेटेपछी स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । बैशाख १ गते नयाँ वर्षको अवसरमा सो मन्दिरमा मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्