प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् चीन ?


 


काठमाडौं, वैशाख २
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन भ्रमणमा जाने भएका छन् ।

उनी ६ दिने औपचारिक भ्रमणका लागि भोलि बेइजिङ प्रस्थान गर्दै छन् । उनी चिनको राजधानी बेइजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणसंगै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीबारे छलफल गर्नेछन् ।

प्रधानमन्त्री ओली अबको केही दिनमा चीन भ्रमणको तयारीमा छन् । उनी यसअघि ०७२ चैत महिनामै चीन भ्रमणमा गएका थिए ।

 

प्रकाशित मिति: २ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्